३१ जेष्ठ २०८३, आइतबार

बूढानीलकण्ठ नगरपालिका मेयर अधिकारीसहित चारजनालाई एक महिनाको कैद फैसला

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । बूढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीनजनालाई एक महिनाको जेल सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले अदालतको अवहेलना मुद्वामा मेयर मिठाराम अधिकारीसहित तीन जनालाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैद सजय सुनाइएको छ ।

अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै अदालतको अवहेलना गरेको अदालतको ठहर छ ।