२२ असार २०८३, सोमबार

प्रतिव्यक्ति आय बढ्ने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।

आर्थिक सर्वेक्षणमा भनिएको छ,’प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १।३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।,’