२३ असार २०८३, मंगलबार

विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संस्था हो ? भन्दै प्रश्न गर्नु भएको छ ।

महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यलयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने, कहिले दुई पासपोर्टमा तपाइँलाई करवाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? भन्ने प्रश्न गर्नु भएको हो ।

यसअघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिरहेको छ ।