
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा भेटवार्ता भएको छ ।
देउवासँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवासमै पुग्नुभएको थियो । दुई शीर्ष नेताबीच संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति गर्ने विषयमा छलफल भएको जानकारी दिइएको छ ।
शीर्ष नेताबीच पुनः छलफल गरेर आजै बेलुका तथा भोलि बिहानसम्म सहमति जुटाउने दुई नेताबीच छलफल भएको हो । सभापति देउवा बिरामी भएपछि प्रधानमन्त्री उहाँकै निवासमा पुग्नु भएको थियो ।








प्रतिक्रिया