१५ कार्तिक २०८३, आइतबार

सरकारसँग फायर बालेन- को डराको छ तिमीहरु सँग ? सक्छौ भने ज्यान लिन आउ !

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत मेयर बालेनले आक्रोश व्यक्त गर्नुृभएको हो । महानगरपालिकाले आज उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धूलो उपहार भन्दै सडक डिभिजन काठमाडौंको प्रवेशद्वारमा खन्याइदिएको थियो ।

त्यसपछि सडक डिभिजनले बालेनको हर्कत सैह्य नहुने भन्दै चेतावनी दिएको थियो । उक्त चेतावनी लगत्तै बालेनले आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेऊ न त , म के बर्गैनिङ गरेर बसेको छु र ? को डराको छ तिमीहरु सँग ? सक्छौ भने आऊ लिन !!!,’।