
काठमाडौं, १२ जेठ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समयको साथै स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ वर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि फिल्मलाई सिल्क रोड पिक्चर्सले आउने असार ७ गतेदेखि पुनः प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गर्नुभएको छ । फिल्मको ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर अनिनय गर्नुभएको छ भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाईसमेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गर्नुभएको हो । फिल्मलाइ देवजंग थापाले पुन सम्पादन गर्नुभएको हो ।








प्रतिक्रिया