१८ असार २०८३, बिहिबार

नेपाल फेसन फेस्टिभल : डिजाइनरका नवीनतम सिर्जनाको प्रस्तुती

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ जेठ । फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा शुक्रवार साँझ डिजाइनर रनवे आयोजना गरिएको छ ।

वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलहरुले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरेका थिए ।

फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए ।

नेपाल फेसन फेस्टिभलमा आज शनिवार तथा भोलि आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ ।

शुक्रबारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोको पहिलो सिक्वेन्स ‘परी’ मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनहरुलाई मोडेलहरु प्रकृति, सुरूचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गर्नुभएको थियो ।

त्यस्तै, दोस्रो सिक्वेन्स ‘ज्वाला’ मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए । यो सिक्वेन्समा रनुशा, एलिशा, कविता तथा दीप्तिले पनि पहिरन प्रदर्शन गर्नुभएको थियो ।

तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनहरुलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गर्नुभएको थियो ।

चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनहरूलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गर्नुभएको थियो ।

नमूना कलेजका फेसन डिजाइनरका विद्यार्थीहरूको पहिलो समुहले तयार पारेका पहिरनहरु मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गर्नुभएको थियो ।

लोगोका पहिरनहरु भने मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गर्नुभएको थियो । जुजुका पहिरनहरु भने कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गर्नुभएको थियो ।

फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरनहरु सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गर्नुभएको थियो ।

आज साँझ ६ बजेदेखि प्रारम्भ हुने फेसन शोमा ए रेजभोल, जेबीजी बेसपोक, ईन्टा अटायर, हेमजा, लोगों फेसन तथा नमूना कलेज अफ टेक्नोलोजीका डिजाइनहरु प्रदर्शन गरिँदैछ ।