३ श्रावण २०८३, आइतबार

भारतमा लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुँदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ ।

यी राज्यबाट कुल ८८९ उम्मेदवार चुनावी मैदानमा छन् । छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत संख्या १५ रहेको छ ।

आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारीलगायत धेरै हाईप्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।

त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहनुभएको छ ।

आज हुने छैटौं चरणको निर्वाचनअन्तर्गत उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बङ्गालका ८, दिल्लीका ७, ओड़ीशाका ६, झारखण्डका ४ र जम्मु कश्मिरको एक सिटमा मतदान हुँदै छ ।