२१ जेष्ठ २०८३, बिहिबार

किरण र ममताको नयाँ गीतमा रोमान्टिक प्रेमकथा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ ।

नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडिओले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेमकथालाई कलात्मक तरिकाले वर्णन गरेको छ । गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउनुहुन्छ ।

जिन्दगी आफूले माया गरेको मान्छेसँग खुशीका साथ समय बिताउने सन्देश भिडिओले दिन्छ । जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ ।

किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडिओ निर्देशन केशवराज भट्टले गर्नुभएको हो । निर्देशक भट्टकै कोरियोग्राफी रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’को छायांकन विशाल थापाले गर्नुभएको हो भने कलर र सम्पादन दिनसन शाहले गर्नुभएको हो ।