
काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीसँग भेटवार्ताका लागि ओली निवास बालकोटमै पुग्नु भएको थियो । उहाँहरूबीच संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भएको जानकारी दिइएको छ ।
यसअघि अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री र अध्यक्ष ओलीबीच काँग्रेससहितका दलका शीर्ष नेताबीच छलफलपछि भेटवार्ता भएको हो । त्यसलगत्तै रवि ओलीलाई भेट्न बालकोट पुग्नु भएको हो ।









प्रतिक्रिया