
काठमाडौं, ११ जेठ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ । बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भएको बताउनुभएको हो ।
लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए । आफूहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।
त्यस्तै उहाँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोप बारे समेत ध्यानाकर्षण गराएको बताउनुभयो । आफूहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको उहाँको भनाइ छ ।
लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफूहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया