२७ असार २०८३, शनिबार

यस्तो छ विराज बास्कोटाको म्युजिकल पोइट्री ‘कालो प्रकाश’

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । कलाकार विराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।

थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएका उहाँको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो । ‘नेपालमै पहिलोपटक हामीले फरक तरिकाले गरेका छौँ । मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ कलाकार बास्कोटाले भन्नुभयो ।

पोइट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गर्नुभएको छ भने उहाँकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको पोइट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय रहेको छ । भिडिओको छायांकन योगेश दाहालले गर्नुभएको छ भने श्रृङ्गार विक्रम गौतमको रहेको छ ।

कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोज्नुभएको छ । यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ । अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ । पोइट्री ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।