२५ जेष्ठ २०८३, सोमबार

काँग्रेसको नयाँ प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल हुँदै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदैछ ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव अघि सारेपछि प्रचण्ड र ओलीबीच छलफल हुन लागेको हो । काँग्रेसले यसअघि सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै राख्नुपर्ने माग राख्दै आएको छ ।

आज बसेको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेस केहि लचक भएसँगै प्रचण्ड र ओलीबीच छलफल हुन लागेको हो ।

काँग्रेसले ठगीमा लामिछानेको नाम राख्नुको साटो उहाँ जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर (कार्यादेश) बनाउन सकिने नयाँ प्रस्ताव अघि सारेको छ ।

दुईजना शीर्ष नेताबीच केहिबेरमा बालुवाटारमा छलफल हुने जानकारी दिइएको छ ।