२४ जेष्ठ २०८३, आइतबार

सहकारी पीडितले पुनः सुरु गरे सडक आन्दोलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ जेठ । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानमहासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन गर्नुपरेको बताउनु भएको छ ।

तत्कालीन भूमिव्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरिएको भएपनि ति सम्झौता कार्यान्वयन नगरेका कारण सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।