
काठमाडौं, १० जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता कीर्ते प्रकरणमा पक्राउ गरिएपछि नेपाल बार एसोसिएसनले जारी गरेको विज्ञप्ति विवादित बनेको छ ।
बारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिविरुद्ध उपत्यका बारका उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका हुन् ।
कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारेसँग छलफल गर्ने परम्परा रहेकोमा त्यसो नभएको भन्दै उहाँहरूले विरोध जनाउनु भएको हो








प्रतिक्रिया