
काठमाडौं, १० जेठ । परराष्ट्रमन्त्री नारायणकाजीश्रेष्ठले सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानकाआधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हित गर्ने नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको बताउनु भएको छ ।
बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको परराष्ट्र नीतिको दुरदृष्टि रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दुरदृष्टितथा स्वतन्त्रता सन्तुलित राख्दै परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हितको निम्ति नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको छ ।’
मन्त्रीश्रेष्ठले परराष्ट्र सेवामा नेपालले गरेको लगानीको यथोचित प्रतिफल लिन तथा व्यवसायिकताको कदर गर्न राजदूत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरि थप व्यवस्था गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो । राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित आप्रवासन, र अधिकार प्राप्ति परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालले छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र समृद्ध गर्नु, अन्तर्राष्ट्रिय तथा क्षेत्रमा नेपालको पहिचान, सक्रिय उपस्थिति र नेतृत्व अभिवृद्धि गरि राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्यप्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित आप्रवासन, र अधिकार प्राप्तिका नेतृत्व भूमिकामा परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकता दिएको छ ।’
नेपालको परराष्ट्र नीतिलाई ‘परराष्ट्र सेवा दिवसले अझै मजबुत बनाउँदै लैजाने विश्वास समेत मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया