आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

दैनिक नेपाल २०८१ जेठ १० गते १६:०७

काठमाडौं, १० जेठ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहाँको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानका कारण निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित