आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

सिरोहिया पक्राउ पर्दा रूवाबासी गर्नुपर्दैन : केपी ओली

दैनिक नेपाल २०८१ जेठ १० गते १४:२८

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउको विषयमा गलत व्याख्या गर्न नहुने बताउनु भएको छ ।

झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताउनु भएको हो ।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर !,’ उहाँले भन्नुभयो, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो।’ ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ,’।

प्रतिक्रिया
सम्बन्धित