३० जेष्ठ २०८३, शनिबार

सीता एयरले ठक्कर दिंदा आफ्नै कर्मचारी घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १० जेठ । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते हुनु भएको छ ।

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते हुनु भएको हो ।

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिंदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।