
काठमाडौं, १० जेठ । बेलायतमा आउँदो ४ जुलाईमा आमनिर्वाचन हुने भएको छ ।
प्रधानमन्त्री ऋषि सुनकले हिजो बुधबार साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गर्नुभएको छ । कन्जरभेटिभ पार्टी बितेका १४ वर्षको सत्ता राजनीतिपछि यसपटक विपक्षी लेबर पार्टीसँग पराजित हुने अड्कल काटिएको छ ।
प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतियसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचनका सबै ढोकाहरु खुल्नेछन् ।
बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो कार्यालय डाउनिङ स्ट्रिटबाट झमझम पानी परिरहेको बेला मिति नै घोषणा गरिदिनुभएको थियो ।
सुनककै पार्टी भने यसपटक विपक्षीसँग प्रष्पिर्धामा पछि परिने विश्लेषण गरिरहेको छ । उसले आउँदो निर्वाचनलाई जोखिमपूर्ण भनेर आफैंले टिप्पणी गरेको छ ।
सन् १९९७ मा पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा डाउनिङ स्ट्रिटको ढोकाबाहिर प्रदर्शनकारीहरूले बजाएको लेबरको चुनावी विजयको गान सुन्नुभएका सुनकले आफूले प्रधानमन्त्रीका रूपमा मात्र नभई पूर्व सरकारका उपलब्धिहरू पनि गणनायोग्य रहेको बताउनुभएको छ ।
‘अब बेलायतको लागि आफ्नो भविष्य छनौट गर्ने र हामीले गरेको प्रगतिलाई निर्माण गर्ने वा स्क्वायर वनमा फर्किने जोखिम छ कि छैन भनेर निर्णय गर्ने समय हो,’ सुनकले भन्नुभएको छ ।
‘आगामी केही हप्ताहरूमा, म हरेक भोटको लागि लड्नेछु, म तपाइँको विश्वास कमाउनेछु र म तपाइँलाई प्रमाणित गर्नेछु कि मेरो नेतृत्वमा रहेको कन्जरभेटिभ सरकारले मात्र हाम्रो मेहनतको आर्थिक स्थिरतालाई जोखिममा पार्ने छैन’ सुनकले भन्नुभयो । उहाँले लेबर नेता केयर स्टारर सधै सजिलो बाटो रोज्ने तर उहाँसँग कुनै नवीन योजना नभएको आरोप लगाउनुभयो ।
सुनक मत सर्वेक्षणमा लेबरभन्दा धेरै पछि परेको मात्र होइन, आफ्नो पार्टीका केही व्यक्तिहरूबाट केही हदसम्म अलग्गिएर चुनावी मैदानमा उत्रेको विश्लेषण गरिएको छ ।
सुनकले झन्डै तीन वर्षमा घट्दो मुद्रास्फीति र अर्थतन्त्रको तीव्र गतिमा वृद्धि हुने जस्ता केही आर्थिक लाभका कारण अब जोखिम मोलेर नयाँ कार्यकालका लागि आफ्नो एजेन्डा औपचारिक रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ ।









प्रतिक्रिया