
काठमाडौं, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो । सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियो ।
प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
यसैबीच सिरोहियालाई पक्राउ गरेलगत्तै गृहमन्त्री रवि लामिछाने चौतर्फी दवाबमा पर्नुभएको छ । सिरोहियालाई पक्राउ गरेको विरोधमा प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दल लगायत विभिन्न संघ संस्थाले लामिछानेको राजीनामा समेत मागिरहेको छन् ।
दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया