१३ असार २०८३, शनिबार

अमेरिकाले सन्दीपलाई दिएन भिसा

19.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिनुभएको छ ।

उहाँलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहनुभएको थियो ।

पाटन उच्च अदालतले सफाइ दिएपछि क्यानले उहाँलाई टिममा सामेल गर्ने प्रक्रिया सुरु गरेको थियो ।