सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

दैनिक नेपाल २०८१ जेठ ९ गते १५:३६

मुम्बई, ९ जेठ । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ ।

हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन् । धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् ।

निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन् २०१९ बाट सुरु गरेका थिए । त्यो समयमा यो फिल्म तीन भागमा निर्माण गरिने घोषणा भएको थियो । घोषणा अनुरुप फिल्मको काम सुरु भएको भनिए पनि लगानीकर्ताको अभावमा आधिकारिक रुपमा काम अगाडि बढ्न सकेको छैन् ।

केहीदिनअघि मात्र फिल्म दुई भागमा निर्माण हुने खबर बाहिर आएको थियो । अहिले फिल्मको सम्पूर्ण कारोबार प्राइम फोकस र उनीसँगै अभिनेताबाट निर्माता बनेका यशले सम्हालिरहेका छन् ।

फिल्मका हालका निर्माताले कानूनी विवादबाट बच्न र आफ्नो सम्बन्धलाई अझ खराब हुनबाट जोगाउनका लागि भइरहेको फिल्मको काम पनि रोक्न सुझाव दिएका छन् ।

केहीमहिनाअघि फिल्म ‘रामायण’को लुक टेस्टका लागि लिइएको तस्वीर र भिडियोमार्फत फिल्मको सुटिङको प्रचार भइरहेको भन्दै प्रचार गरिएको थियो । निर्माण पक्षले भिडियो र तस्वीरको प्रचार गरेर देशी विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखे पनि फिल्मका लागि ठूलो स्टुडियो वा विदेशी लगानीकर्ताले रुची देखाएका छैनन् ।

फिल्मको बजेट सय मिलियन बताइएको छ । फिल्म रिलिज गर्नका लागि प्राइम फोकसले केही विदेशी कम्पनीसँग कुराकानी गरे पनि कसैले चासो देखाएका छैनन् ।

लगानीकर्ता नभएकै कारण निर्माण पक्षले हालसम्म कलाकार र प्राविधिकको नाम आधिकारिक रुपमा सार्वजनिक गर्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित