२१ असार २०८३, आइतबार

भोजपुरी गायक पवन सिंह भाजपाबाट निष्कासित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । भारतीय जनता पार्टी (भाजपा)ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।

लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो ।

यद्यपि, उहाँ आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिनुभएको थियो र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गर्नुभयो । त्यसपछि पवन सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार हुनुहुन्छ ।

बिहार बीजेपीले पवन सिंहलाई पार्टीबाट हटाएको पत्र दिएको छ । पत्रमा लोकसभा चुनावमा एनडीएको अधिकृत उम्मेदवारविरुद्ध लडेको र यो अनुशासनविपरीत भएको भन्दै पार्टीबाट निष्कासित गरेको जानकारी दिएको छ ।