
काठमाडौं, ९ जेठ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ ।
सिरियाली राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उहाँको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।
मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थो । सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो ।
पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उहाँको उपचार जारी रहनेछ ।
यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।
मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उहाँ लन्डनमा हुर्किनुभयो । उनका बुबा लन्डनको क्रमवेल अस्पतालमा डाक्टर हुनुहुन्थो । उहाँकी आमा लन्डनस्थित सिरियाली दूतावासमा सचिव हुनुहुन्थो ।
सन् २००० मा उहाँले बसर अल असदसँग विवाह गर्नुभयो ।









प्रतिक्रिया