३ असार २०८३, बुधबार

‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड !

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्वीर सार्वजनिक गर्नुभएको छ । यी तस्वीर वास्तविक नभई फिल्मको दृश्य हुन् ।

उहाँले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्वीरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्वीरमा उहाँलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको देखिन्छ । उहाँले आफूलाई फिल्मको मेघराज खत्री पात्रका रुपमा चिनाउनुभएको छ ।

‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ सावित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन् ।’ उहाँले लेख्नुभएको छ ।

पलले अगाडि लेख्नुभएको छ, ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यो तस्वीरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।’

दिनेश राउत निर्देशित फिल्ममा पलसँगै प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतका कलाकारको अभिनय छ ।