
काठमाडौं, ८ जेठ । इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारबाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताउनुभएको छ ।
गैलान्टले हाल इजरायल भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले ‘आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको’ बताउनुभयो ।
इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन् । अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गर्नुभएको थियो ।







प्रतिक्रिया