२५ असार २०८३, बिहिबार

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । चलचित्र पत्रकार संघ नेपालले स्थापनाको २५औं चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवसको अवसर पारेर चलचित्र पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको छ ।

सोमबार साँझ राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरीलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१’ प्रदान गरिएको थियो ।

त्यस्तै, पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गरिएको थियो । पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरियो भने मदन रिजाल र शिव पुनलाई जनही २५ हजार रुपैयाँसहित क्रमशः ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन’ र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्री महासेठले संघका पदाधिकारी तथा फिल्मकर्मीलाई मंगलबार मन्त्रालयमा निमन्त्रणा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेतको उपस्थितिमा छलफल गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्नुका साथै बजेट सेसनमा फिल्म क्षेत्रका लागि बजेट छुट्याउन पहल गर्ने बताउनुभयो ।