२९ जेष्ठ २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च बेल्जियको अध्यक्षमा विनोद न्यौपाने निर्विरोध निर्वाचित, अरू को–को चुनिए ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) को प्रवासी संगठन प्रवासी नेपाली मञ्च बेल्जियमको सातौँ अधिवेशनले विनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

आइतबार बेल्जियमको एनत्वेरपेनमा भएको मंचको सातौ अधिवेशनबाट उपाध्यक्षमा रमेश पौडेल र मुना केसी निर्वाचित हुनुभएको छ भने सचिवमा वुद्वि बराल निर्वाचित हुनुभयो । हरि सिंखडा र लोकनाथ शर्मा उपसचिव चयन हुनु भएको छ।

त्यसै गरी सदस्यहरुमा जीबन शर्मा, पेमा शेर्पा, सुरज खरेल , सबिता अधिकारी दाहाल , अनिता महर्जन, मुना ताम्राकार, राजु बराल, तिर्थ धमला, सारा अर्याल, हरी भट्टराई, जगत सुबेदी , सुर्यनारायण श्रेष्ठ, कमला सुबेदी , गोबिन्द वली, जगत सुबेदी रहनु भएको छ । निर्बिरोध चयन भएको कार्यसमितिको घोषणा निर्वाचन समिती संयोजक एवम् प्रवासी नेपाली मञ्च युरोपका सचिव शालीकराम थपलियाले गर्नु भएको थियो ।

३५ सदस्यीय रहने प्रवासी नेपाली मञ्चको बाँकी पदाधिकारी पछि कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ । अधिवेशन अन्तर्गतको बन्द सत्रले सङ्गठनको विधान, आर्थिक र प्रगति प्रतिवेदन पारित पनि गरेको छ । यसअघि भएको अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि एवम् प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिब हेम शेर्पा , युरोप इंचार्ज भक्त वाग्ले, बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशाले पानसमा दीप प्रज्वलन् गरी अधिबेशनको उद्घाटन गर्नु भएको थियो ।

अतिथिहरुलाई उपाध्यक्ष रमेश पौडेलले स्वागत गर्नु भएको थियो । अधिवेशनको सफलताको कामना गर्दै प्रवासी नेपाली मंचका अन्तराष्ट्रिय कमिटीका सचिव सचिव हेम शेर्पा, उपसचिव कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई, शिव बरुवाल, मंचका युरोप संयोजक मुक्त गुरुङ, युरोप इन्चार्ज भक्त वाग्ले, नेपाली दूतावास बेल्जियमका त्रितीय सचिब रमेश गैरे,एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा लगायतले शुभकामना दिनु भएको थियो ।

प्रवासी नेपाली मञ्च बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ इशाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव रुद्र लम्सालले गर्नु भएको थियो ।