सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

दैनिक नेपाल २०८१ जेठ ६ गते ११:४३

काठमाडौं, ६ जेठ । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिनुभएको छ ।

बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उहाँले आजको संसदको बैठकमा बोल्न दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित