
काठमाडौं, ६ जेठ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक सञ्चालनका लागि सभामुखले छलफल गर्न लाग्नुभएको हो ।
प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिनाअवरोध बस्ने देखिएको छ ।








प्रतिक्रिया