
काठमाडौं, ५ जेठ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को उपाधि जितेको छ ।
एपीएफले शनिबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशीले १९औं ओभरमा ३ छक्कासहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा रन बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।








प्रतिक्रिया