३० जेष्ठ २०८३, शनिबार

ललितपुरबाट हेटौंडा आउँदै गरेको कार दुर्घटना, ३ जना गम्भीर घाइते

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ जेठ । मकवानपुरको बकैया-१२ चौतारामा सवारी दुर्घटना भएको छ ।

शनिबार बिहान कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना पुरुषहरु गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।