१३ असार २०८३, शनिबार

‘दान्भी’को ‘मायाको खानी’ सार्वजनिक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । असारको ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु नायिका पुजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड हुनुहुन्छ । गीत नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको छ ।

गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ । रुपेश तामाङ निर्देशित फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता हुनुहुन्छ ।

फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सहनिर्माता हुनुहुन्छ । फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।