
काठमाडौं, ४ जेठ । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा हुनुभएको छ ।
वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ओडविरुद्ध उहाँकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिनुभएको थियो । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गर्नुभएको थियो ।








प्रतिक्रिया