२९ आश्विन २०८३, बिहिबार

आईपीएल : सनराइजर्स हैदरावाद प्लेअफमा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ ।

हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक–एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।

अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पुर्‍याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ ।

यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।

मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनउ १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ ।