३१ जेष्ठ २०८३, आइतबार

सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया अघि बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ ।

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमतिपत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौं । यसकालागि आईसीसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ । उनको फिटनेस टेस्ट पनि हुँदैछ । केहीदिनभित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौं ।’

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । रोहितकुमार पौडलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरु खेलिरहेको छ ।

स्रोतकाअनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर हुनुहुन्छ । अनुभवी सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुनुहुन्छ ।

१० जना रिजर्भ खेलाडी समेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जना आउट गर्नुपर्ने हुन्छ । कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले जानकारी दिनुभयो ।