२ असार २०८३, मंगलबार

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत हुनुभएको छ । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।

पहिलो बहस सिएनएनले जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्नेछ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्नेछ ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राख्नुभएको थियो । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गर्नुभयो । यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राख्नुभएको थियो । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताउनुभएको थियो ।