७ श्रावण २०८३, बिहिबार

स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् ।

पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोटअन्तर्गत पुरूषतर्फ बुधबार लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग कपालीलाई ४-३ ले हराउँदै ओलम्पिका छनोट भएका हुन् ।

ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए ।

संगीना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।