सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

दैनिक नेपाल २०८१ जेठ २ गते १६:३१

काठमाडौं, २ जेठ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा पर्नुभएको छ ।

आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिनु भएको हो । दीपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बन्नुभएको छ ।

टी-२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहनु भएको छ भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा हुनुहुन्छ भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहनुभएको छ ।

त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित