२७ जेष्ठ २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौमा आज शोक सभा कार्यक्रम आयोजना गरिएको छ ।

शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरु साथै केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उहाँले बैंक स्थापना तथा वृद्धिका लागि गर्नु भएको योगदानको चर्चा गरिएको थियो ।

विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरु सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम भएको चर्चा गरिएको थियो ।

संस्थापक अध्यक्ष रेग्मीको आज बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो । उहाँ करिव २३ वर्ष शिक्षण पेशामा पनि आवद्व हुनुभयो । उहाँ स्याङ्गजाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो ।

बैंकले रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना पनि व्यक्त गरेको छ ।