३१ जेष्ठ २०८३, आइतबार

क्रिकेट रंगशाला सरकारको उच्च प्राथमिकतामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो ।

क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नेसमेत उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण कार्यलाई तीव्रता दिइने छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीयतहको साझेदारीमाअघि बढाइने छ । कीर्तिपुर क्रिकेट मैदानको थप स्तरोन्नतिको कार्य प्राथमिकता साथ अगाडि बढाइने छ।