सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली फुटबल टीमको प्रारम्भिक घोषणा

दैनिक नेपाल २०८१ जेठ १ गते १५:५८

काठमाडौं, १ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको हो ।

नेपाली टीम

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।

डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।

मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ ।

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।

नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो ।

नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित