
काठमाडौं, १ जेठ । आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीन दिवसीय ‘नेपाल फेसन फेस्टिभल २०२४’ हुने भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण नाराका साथ नेपालमै पहिलोपटक फेसन नेटवर्क नेपाल (एफएनएन) ले फेस्टिभल आयोजना गर्न लागेको हो ।
फेस्टिभल ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । एफएनएनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सरोकारवालालाई सशक्तिकरण गर्र्न, विकास गर्न र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्न फेस्टिभल आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार फेस्टिभलमा कम्तीमा ७५ वटा स्टल हुनेछन् ।
संस्थाका संस्थापक निर्देशक शेखरराज कसजुले फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउन आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार फेस्टिभलका लागि सबै तयारी पूरा भइसकेको छ ।
फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल, नमूना फेसन कलेज, आईआईएफटी, पिके मार्केटिङ, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टललगायतका स्टल हुनेछन् ।
त्यस्तै, गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, त्रिकाया, बहुबेटी फेब्रिक सेन्टर, लोगो, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइएले पनि फेस्टिभलमा स्टल राख्ने छन् ।
महोत्सवमा अल्लो फेब्रिक्स, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल –एफएचएएन), जेबिजी बेसपोकले पनि स्टल सजाउने छन् ।
फेस्टिभल अवधिभर ६ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक फेस्टिभलमा फेसनसंग सम्बन्धि वर्कशप तथा मास्टर क्लास, फेसन फोटो प्रदर्शनी हुनेछ ।








प्रतिक्रिया