सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

दैनिक नेपाल २०८१ जेठ १ गते ६:१५

काठमाडौं, १ जेठ । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन हुनुभएको छ । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । उहाँ निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहनुभएको छ ।

इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन हुनुभएको छ । यस्तै, सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन हुनुभएको छ ।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताउनुभएको छ । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहनुभएका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न हुनुहुन्छ । उहाँले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित