१९ असार २०८३, शुक्रबार

नेपाली युवकको मलेसियामा मृत्यु

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १ जेठ । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । मेलौली नगरपालिका—१ का ३२ वर्षीय दीपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दीपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । दीपकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताउनुभयो । दीपको मलेसियामा मृत्यु भएपछि उहाँको घरपरिवार शोकमा डुबेको छ ।