
काठमाडौं, ३१ बैशाख । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरू गर्दै आएको छ ।
यसैक्रममा बैंकले धादिङ्ग जिल्लास्थित बद्री विशाल माध्यामिक विद्यालय र स्वर्णिम एकाडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण गरेको छ । बैंकले दुईवटा विद्यालयका १८२ विधार्थीहरुलाई स्टेशनरी सामानहरु हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यो सहयोगबाट विधार्थीहरुमा शिक्षाप्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।








प्रतिक्रिया