
काठमाडौं, ३१ बैशाख । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा परेर मृत्यु भएका ग्राहकको परिवारलाई १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको आर्दशनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । बैंकले यादवको मृत्युपश्चात उहाँकी श्रीमती शोभा यादवले गर्नुभएको दाबी अनुसार बीमा रकम हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख विजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख सुशिल थपलियाले बीमा रकम वापतको चेक हस्तान्तरण गर्नुभएको हो ।
बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एंव औषधी उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया