
काठमाडौं, ३१ वैशाख । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो ।
टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एकएक गोल गरेका थिए ।
त्यसैगरी, पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए । यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो ।
३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शीर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडि परेपछि पिएसजीले उपाधि जितेको हो । यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिँदै छ ।
पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । पछिल्लो तीन वर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ ।








प्रतिक्रिया