२० असार २०८३, शनिबार

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र बनाएको थियो । यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

त्यसैगरी, दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ र छैटौँ स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।